बुधबार यस्तो छ विदेशी मुद्राको भाउ


नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार बुधबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३२ रुपैयाँ ०४ पैसा र बिक्री दर १३२ रुपैयाँ ६४ पैसा रहेको छ ।

यस्तै आज बुधबार युरोको भाउ खरिद दर १४१ रुपैयाँ ६९ पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३९ पैसा र बिक्री दर ८६ रुपैयाँ ७८ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६४ रुपैयाँ ०६ पैसा र बिक्री दर १६४ रुपैयाँ ८१ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६९ पैसा रहेको छ र बिक्री दर २८ रुपैयाँ ८३ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ २१ पैसा र बिक्री दर ३५ रुपैयाँ ३७ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।