विद्युतीय सवारी आयातकर्ताले नै व्याट्रीको व्यवस्थापन गर्ने व्यवस्था हटाउन नाडाको माग

0
Shares

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत विद्युतीय सवारी साधन वा व्याट्री मात्रै आयात गर्ने कम्पनीहरुले बिक्री गरेको व्याट्रीहरुको स्वयंले व्यवस्थापन गर्नु पर्ने व्यवस्था गरेपछि नाडा अटोमोवाइल्स एसोसिएसनले विरोध गरेको छ ।

कम्पनीहरुलाई व्याट्री व्यवस्थापन गर्ने योजना बर्षको एक पटक सार्वजनिक गर्नुपर्ने व्यवस्था व्यवहारिक नभएको भन्दै नडाले उक्त व्यवस्था हटाउन माग गरेको हो ।

नाडाले धेरै समय अघि देखि विद्युतिय सवारी साधनहरुमा लाग्ने महशुल दरहरुमा विभिन्न छुट र नीतिगत सुविधाहरुको सम्बन्धमा एउटा निश्चित र दिर्घकालिन नीति निर्माणका लागि सरकारसंग आग्रह गर्दे आएको जनाएको छ ।

तर, सरकारले कुनै ठोस आधार विना नै विद्युतिय सवारी साधनहरुका सम्बन्धमा दुईबर्षको अन्तरालमा पटक पटक संशोधन गरेको अरोप नाडाको छ । बारम्बार नीतिगत परिवर्तनले सरकारको विद्युतिय सवारी साधनलाई सम्बद्र्धन र प्रवद्र्धन गर्ने आसयमा समेत स्पष्टता नभएको नडाले जनाएको छ ।

मुलुकभित्र उत्पादन हुने हरित उर्जा अर्थात जल विद्युतको उपभोग बढाई फोसिल इन्धनमाथिको निर्भरतालाई क्रमशः घटाउदै लैजाने र विद्युतिय सवारी साधनहरुको उत्पादन समेत देशभित्रै गर्ने उद्धेश्य अनुरुप महशुलहरुमा विभिन्न छुट र नीतिगत सुविधाहरुको व्यवस्था छ ।

तर सरकारले दिएको त्यो छुट र सुविधालाई कहिले घटाउने र कहिले बढाउने गर्नाले विद्युतिय सवारी साधनहरुको व्यवसाय गम्भिर रुपले प्रभावित भएको नाडाको भनाइ छ । त्यसका साथै नेपालमै विद्युतिय सवारी साधनहरु उत्पादन गर्न चाहने उद्यमीहरु समेत हतोत्साहित भएको नाडाले जनाएको छ ।

सरकारले अझ सर्वसाधरण जनताले प्रयोग गर्ने सार्वजनिक महत्वका विद्युतिय बसहरुमा लाग्ने भन्सार महशुलमा समेत ९०० प्रतिशतले बृद्धि गरेकोे छ । यसबाट सरकारले सार्वजनिक यातायातमा विद्युतिय बसहरुको प्रयोगलाई समेत निरुत्साहित गर्न खोजेको नाडाको आरोप छ ।

सरकारले हाइब्रिड सवारी साधनहरुमा लाग्ने अन्तःशुल्क महशुल पनि बृद्धि गरेको छ । यस्तो स्थितिमा सरकारले विद्युतिय सवारी साधनका सन्दर्भमा न्यूनतम एक दशकसम्मका लागि स्पष्ट नीति तर्जुमा गर्न नाडाले सुझाएको छ । साथै नाडाले हालको परिर्वन सच्याउनका समेत आग्रह गरेको छ ।

नाडाले विगतको समय देखि माग गर्दै आए बमोजिम सरकारले २५० सिसिभन्दा माथिका टुह्वीलर सवारी साधनहरुमा लाग्दै आएको उच्च दरको अन्तःशुल्क महशुल र सडक निर्माण दस्तुर घटाएको विषयलाई भने सकारात्मक रुपमा लिएको छ । त्यसैगरी सरकारले सवारी साधनको एसेम्बल उद्योगलाइ दिदै आएको छुटलाई दिएको निरन्तरतालाई पनि नाडाले सकारात्मक लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।