सरकारले आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दरमा हेरफेर गरेको छ । केहि बस्तुको भन्सारदर र अन्तःशुल्क बढाइएको छ भने केहि बस्तुको घटाइएको छ ।
आर्थिक विधेयकमार्फत करका दरमा हेरफेर हुँदा यस वर्ष परिवर्तन गरिएका करका दरहरुले सम्भवतः सबैभन्दा असर विनोद चौधरी र उनको कम्पनी चौधरी ग्रुपमाथि पर्ने देखिएको छ । भन्सारदर र अन्तःशुल्क बढाइएका प्रायः वस्तुहरु चौधरी ग्रुपसँग सम्बन्धित देखिन्छन्।
सरकारले यस पटक नूडल्स (चाउचाउ)मा प्रतिकिलो १७ रुपैयाँ अन्तःशुल्क लाग्ने गरेकोमा बृद्धि गरि प्रतिकिलो २० रुपैयाँ पु¥याएको छ । यसको प्रत्यक्ष असर चाउचाउ उद्योगमा पर्नेछ भने चौधरी ग्रुप सबैभन्दा बढि प्रभावित हुनेछ ।
चौधरी ग्रुपले उत्पादन गर्ने वाइवाइ नेपालको सर्वाधिक लोकप्रिय चाउचाउ हो जसले नेपालको चाउचाउ बजारमा एकछत्र राज छ । नूडल्समा कर बृद्धि गर्दा चौधरीको वाइवाइमाथि ठूलो दवाव परेको छ । सोही दरमा कुरकुरे, कुरमुरे, लेज, चिजवल्समा पनि अन्तःशुल्क बढेको छ । यी उत्पादनमा चौधरी ग्रुपको शसक्त उपस्थिती छ ।
सरकारले वियरमा लाग्ने अन्तःशुल्क प्रति लिटर २२८ रुपैयाँबाट बढाएर २३५ रुपैयाँ पु¥याएको छ । नेपाली ब्राण्डको सर्वाधिक लोकप्रिय बियर नेपाल आईस चौधरी ग्रुपको उत्पादन हो । करका दरमा बृद्धि हुदा यसको भार पनि विनोद चौधरीकै उद्योगमाथि परेको छ ।
चौधरी ग्रुप पछिल्लो समयमा इलेक्ट्रिक भेइकलको कारोबारमा संलग्न भएको छ । बजेटले इलेक्ट्रिक भेइकलको भन्सार महशुल पनि बृद्धि गर्दा विद्युतीय सवारी व्यापारमा प्रवेश गरेको चौधरी ग्रुपलाई असर पर्ने देखिन्छ ।
सरकारले ११ देखि १४ सिटे विद्युतीय सवारीमालाग्दै आएको भन्सार महसुल १ प्रतिशतबाट बढाएर १० प्रतिशतकायम गरेको छ ।
उता, सरकारले विभिन्न जुसमा लाग्दै आएको महसुल प्रतिलिटर ११ रुपैयाँबाट बढाएर १३ रुपैयाँ पु¥याएको छ जसको असर पनि चौधरी ग्र्ुपद्वारा उत्पादीत एवं बिक्रीवितरण हुदै आएका रियो लगायतका जुसहरुमा पर्ने देखिन्छ।
विनोद चौधरी नेपाली कांग्रेसका प्रभावशाली सांसद हुन् । र, नेपालका एक्ला अर्बपति समेत । यसपटकको बजेट पार्टीभित्र एउटै समूहमा रहेका अर्थमन्त्री डा. प्रकाशसरण महतले बनाएका हुन् । आफ्नै पार्टीको सरकारका अर्थमन्त्रीले ल्याएको बजेटको भारी भने चौधरीमाथि परेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया