क्रस बोर्डर पेमेन्टको काम अघि बढाउने बाटो खुल्यो, एनसीएचएल र एनआइविएल बिच सम्झौता

0
Shares

नेपाल र भारतबिच क्रस बोर्डर पेमेन्टको प्रक्रिया अघि बढउने बाटो खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा बिहीबार सो सम्बन्धी प्रारम्भिक सम्झौता भएपछि काम अघि बढाउने बाटो खुला भएको हो ।

प्रधानमन्त्री पुष्प कमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितीमा नेपाल र भारतविच क्रस बोर्डर पेमेन्ट गर्ने प्रारम्भिक सहमती भएको छ । सो सहमतीमा नेपाल क्लियरीङ हाउसका प्रमूख कार्यकारी अधिकृत निलेसमा सिंह प्रधान र भारतीय पेमेन्ट कम्पनी एनआइपिएलका प्रमूख कार्यकारी अधिकृत रितेश शुक्लाले हस्ताक्षेर गरेका हुन ।

नेपाल–भारत क्रस बोर्डर पेमेन्ट सञ्चालनमा आएपछि उद्योगी, व्यवसायी तथा विद्यार्थीका लागि सहज हुने छ । नेपालको कुल अन्तराष्ट्रिय ब्यापारमा भारसंग मात्र करिब ८० प्रतिशत हुन्छ । भारतसंगको क्रस बोर्डर पेमेन्टको व्यवस्थाले आयात निर्यातको भुक्तानीमा थप सहज हुने देखिन्छ ।

नेपालको पेमेन्ट सम्बन्धी काम गर्ने नेपाल क्लियरिङ हाउसमा नेपाल राष्ट्र बैंक सहित अन्य बैंक तथा वित्तीय संस्थाको लगानी रहेको छ । भारतीय पेमेन्ट कम्पनी एनआइपीएल पनि रिजर्भ बैंक इण्डिया सहित अन्य बैंक वित्तीय संस्थाको लगानी रहेको कम्पनी हो ।

बिहीबारको सम्झौता पनि भारतसंगको क्रम बोर्डर पेमेन्ट गर्न सकिने अवस्था बनेको भने होइन । क्रस बोर्डर पेमेन्टका लागि आवश्यक काम कारबाही अघि बढाउनका लागि प्रारम्भिक सहमती मात्र भएको एनसीएचएलकी प्रमूख सञ्चालन अधिकृत मुन्नी राजभण्डारीले जानकारी दिइन ।

विगत लामो समयदेखि क्रस बोर्डर पेमेन्टको कुरा उठेको भएपनि त्यसका काम गर्ने बाटो बिहीबारको सम्झौताले खुला गरेको उनको भनाई छ । यसले नेपाल भारत बी हुने वित्तीय कारोबारलाई थप सहज बनाउने उनको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।