सेयरमा लगानीकर्तालाई आयकरमा कर लगाउने भनेको छैनौंः अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर लागनीकर्तालाई फेरि आयकरमा कर लगाउने निर्णय नगरेको बताएका छन् ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणमा केन्द्रित रहेर भ्रमणदलमा सहभागी रहेका अर्थमन्त्री महतले राष्ट्रिय समाचार समितिलाई दिएको अन्तरवार्तामा बोल्दै सेयर बजारमा लगानी गरेर आम्दानी आम्दानी होला भनेर लगानी गरेका कसैलाई पनि आयकरको दायरामा नल्याइएको स्पष्ट पारेका हुन् ।

उनले भने, “सेयर मार्केटमा के गर्यो भन्ने आइरहेको छ । त्यसमा हामीले सेयरमा लगानीकर्तालाई फेरि आयकरमा कर लगाउने भनेको छैन । सेयर कारोबारलाई नै व्यवसाय बनाउनेका लागि ‘रिपोर्ट’ गर्नुहोस्, त्यसमा अझ छुट हुन्छ भनेका हौं । सेयर बजारमा लगानी गरौं, आम्दानी होला भनेर लगानी गर्नुभएको कसैलाई पनि आयकरको दायरामा ल्याइएको छैन, यो भ्रम मात्र हो ।”

अर्थमन्त्री महतसँग राससका रमेश लम्सालले भर्खंरै बजेट प्रस्तुत गर्नुभएको छ, बजेटमाथि अनेक खालका टिप्पणी भइरहेका छन्, यसलाई कसरी लिनुभएको छ ? भन्ने प्रश्नमा महतले सो बताएका हुन् ।

यस्तै उनले अन्य करका दर पनि व्यापारिक घरानालाई फाइदा दिने, कसैलाई बेफाइदा गर्नेभन्दा पनि समग्र अर्थतन्त्रलाई चलायमान गराउने गरेर मात्रै तय गरेका बताएका छन् । विद्युतीय सवारीमा कम क्षमता भएकालाई एउटा, बढी क्षमता भएकालाई अलिकति बढी, अझ बढी क्षमता भएकालाई झन् बढी कर लगाइएको बथाए । कसैलाई पनि अप्ठ्यारो पार्ने गरेर र विद्युतीय सवारीसाधनलाई निरुत्साहित गर्ने गरी केही नगरिएको उनको भनाई थियो ।

पूरा अन्तरवार्ता पढ्न तलकाे लिङ्कमा जानुहाेला:-

अन्तर्वार्ता: भारतबाट ‘एयर रुट’ प्राप्त हुन्छ भन्ने विश्वास छ-अर्थमन्त्री

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।