आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आइतबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ रहेको छ ।

यस्तै आज आइतबार युरोको भाउ खरिद दर १४१ रुपैयाँ ५० पैसा र बिक्री दर १४२ रुपैयाँ १५ पैसा रहेको छ । यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ १४ पैसा र बिक्री दर ८७ रुपैयाँ ५४ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६४ रुपैयाँ ७२ पैसा र बिक्री दर १६५ रुपैयाँ ४८ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०६ पैसा र बिक्री दर ३६ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७१ पैसा रहेको छ र बिक्री दर २८ रुपैयाँ ८४ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ०४ पैसा र बिक्री दर ३५ रुपैयाँ २० पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।