नेशनल हाइड्रोपावरले तोक्यो हकप्रदको बुकक्लोज

0
Shares

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्नका लागि बुकक्लोज मिति तोकेको छ ।

कम्पनीको जेठ २४ गते बिहान ८ बजे सम्पन्न सञ्चालक समितिको बैठकले असार १ गते शुक्रबार सेयरधनी दर्ता किताब बन्द गर्ने मिति तोकेको हो । बुकक्लोज अनुसार हाइड्रोपावर कम्पनीको हकप्रदमा जेड ३२ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र आवेदन दिन पाउनेछन् ।

कम्पनीले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ अंकित दरको १ करोड ६४ लाख ४२ हजार ९१९ दशमलव ४३५५ कित्ता साधारण सेयरको १०ः५ अनुपातमा ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसाले हुन आउने ८२ लाख २१ हजार ४५९ दशमलवद ७१७८ कित्ता हकप्रद साधारण सेयर निष्कासन गर्नेछ ।

कम्पनीले हकप्रद सेयरको लागि सेयर दर्ता किताब बन्द गर्ने मिति तोकेपनि हकप्रद खुला हुने मिति भने सार्वजनिक गरेको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।