नेपालमा ‘प्रोमेट’ कम्पनीका सामाग्रीको बिक्री वितरण गर्दै सेल्लुसिटि इन्टरनेशनल

0
Shares

सेल्लुसिटि इन्टरनेशनल प्रालिले ताइवानी कम्पनी–‘प्रोमेट’ले उत्पादन गरेका उच्च गुणस्तरीय एसेसरीजको नेपालमा बिक्री वितरण सुरु गरेको छ ।

मोबाइल कम्पनी भिभो तथा एंकर र नोइज जस्ता मोबाइल उपकरणको आयातकर्ता र वितरक सेल्लुसिटी इन्टरनेशनलले नेपालमै पहिलो पटक प्रोमेटद्धारा उत्पादित मोबाइल उपकरणको बिक्री वितरण सुरु गरेको हो ।

कम्पनीले प्रोमेटद्धारा उत्पादित स्मार्टफोन केस, ब्लुतुथ स्पीकर, एप्पल मोबाइलका उपकरण, डाटा केवल, कार चार्जर, इयर पड्स, हेडफोन र युएसबी हब लगायत स्मार्ट वाच नेपाल भित्राएको हो । पूर्व देखि पश्चिमभर प्रभावकारी वितरण संजाल भएको सेल्युसिटी इन्टरनेशनलले अनलाइन माध्यमबाट प्रोमेटका उपकरणहरु बिक्री गर्नका लागि दराज अनलाइन स्टोरसँग सहकार्य गरेको छ ।

सन् २०१७ मा स्थापना भएसँगै नेपाली बजारमा प्रवेश गरेको सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले मोबाइल तथा अन्य प्रविधिका उपकरणहरूको बढ्दो मागलाई पुरा गर्दै आइरहेको छ । उत्पादनमा नवीनता, गुणस्तर र ग्राहक केन्द्रित सेवालाई प्राथमिकतामा राख्दै उच्च गुणस्तरीय प्रविधिद्वारा प्रयोगकर्ताको जीवनलाई सहज बनाउने लक्ष्य बोकेको प्रोमेटलाई नेपाल भित्राउँदै सेल्लुसिटी इन्टरनेशनल प्रालिले प्रोमेटका सामाग्री खरिदमा प्रयोगकर्तालाई आकर्षक अफरको सुविधा समेत गरेको छ ।

कम्पनीले स्मार्टफोन केस, ब्लुतुथ स्पिकर, एप्पल मोबाइलका उपकरण, डाटा केवल, कार चार्जर इयर पड्स हेडफोन युएसबी हब लगायतका सम्पूर्ण उपकरणमा २४ महिना र स्मार्ट वाचमा १२ महिनाको वारेन्टी समेत दिएको छ ।

जेष्ठ २४ देखि ३२ सम्मको उद्घाटन अवधि भर दराज फ्लास सेल मार्फत प्रोमेटका सामग्री खरिद गर्ने दुई जनालाई सेल्लुसिटी इन्टरनेशनलले एक एक वटा सुनको सिक्का दिनेछ ।

त्यस्तै पहिलो १५० ग्राहकलाई ३० प्रतिशत छूट र लक्की ड्र मार्फत ५ जनालाई प्रोमेटका सामाग्री केवल ९९ रुपैयामा प्रदान गर्ने पनि योजना कम्पनीले ल्याएको छ । यो अफर उच्च गुणस्तरका उपकरण खोज्ने प्रयोगकर्ताहरुका लागि एउटा सुवर्ण अवसर हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।