युनिक नेपाल लघुवित्तको एफपिओ बाँडफाँड, ५ भाग्यमानीलाई ११ कित्ता

0
Shares

युनिक नेपाल लघुवित्तले निष्काशन गरेको फर्दर पब्लिक अफरिङ (एफपिओ) बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज एफपिओ बाँडफाँड गरेको हो ।

लघुवित्तको एफपिओ गोलाप्रथाबाट ३७ हजार ९ सय ४२ जनालाई वितरण गरिएको छ । ३७ हजार ९ सय ४२ जना मध्ये ५ जनाले ११ कित्ता तथा बाँकि सबैले १० कित्ताको दरले सेयर पाएका छन्।

क्यापिटलका अनुसार एफपिओमा कुल १३ लाख ५७ हजार १ सय ८० जनाको आवेदन परेकोमा १३ लाख ५५ हजार ६ सय ८७ जनाको मात्र योग्य भएको थियो ।जसमध्ये १ हजार ४९३ आवेदन रद्द भएको छ।  योग्य आवेदकमध्येबाट गोलाप्रथामा सहभागी गराएर बाँडफाँड गरिएको हो।

युनिक नेपालले जेठ ११ गतेदेखि जेठ १७ गतेसम्म ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४ सय २५ कित्ता एफपिओ निष्काशन गरेको हो।

साविकको युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्ज भई बनेको यस लघुवित्तमा संस्थापक र सर्वसाधारणको सेयर र संरचना मिलाउन कम्पनीले एफपिओ निष्काशन गरेको हो।

कम्पनीमा संस्थापक र सर्वसाधारण शेयर हिस्सा ९४.०१ प्रतिशत र ५.९९ प्रतिशत रहेको छ । हाल ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको एफपिओ जारीपश्चात चुक्ता पूँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

त्यस्तै कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७० प्रतिशत को ३० प्रतिशत हुनेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।