सिटि होटलको आईपीओ सूचीकृत, कतिमा खुल्छ कारोबार ?

0
Shares

सिटि होटल लिमिटेडको आईपीओ बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार सूचीकृत भएको छ । कम्पनीको कुल १ करोड ६७ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बिहीबार सेयर सूचीकृत भएसँगै होटलको सेयर आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

कम्पनीको सेयर कारोबारका लागि स्टक सिम्बोल सीआईटीवाई प्रदान गरिएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ८७ रुपैयाँ ८३ पैसादेखि २६३ रुपैयाँ ४९ पैसासम्मको अधिकतम ओपनिङ्ग रेञ्ज तोकेको छ । आइतबार यहि रेञ्जलाई आधार मानेर कम्पनीको सेयर कारोबार खुल्नेछ ।

होटलले सर्वसाधारण, वैदेशिक रोजगारीमा गएका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषको लागि निष्कासन गरेको कुल १६ लाख ७४ हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको १ करोड ५० लाख ६६ हजार कित्ता गरेर कुल १ करोड ६७ लाख ४० हजार कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

त्यस्तै कम्पनीले शेयर सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा ग्लोबल आइएमई क्यापिटल नक्सालबाट हुने जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।