नेप्सेमा ८ लाख कित्ता बोनस सुचीकृत

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार ८ लाख ८० हजार कित्ता बोनस सेयर सुचीकृत भएको छ ।

स्टकका अनुसार नेशनल माइक्रोफाइनान्स लघुवित्तको १५ प्रतिशतले हुन आउने ८ लाख ८० हजार १२ दशमलव ४६ कित्ता बोनस सेयर सुचीकृत भएको हो । शुक्रबार सेयर सुचीकृत बोनस सेयर सम्बन्धीत सेयरधनीले आफ्नो डिम्याट खातामा आएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

नेशनल माइक्रोफाइनान्स लघुवित्तको बैशाख १५ गते सम्पन्न भएको नवौं वार्षिक साधारण सभाबाट उक्त बोनस सेयर पारित भएको थियो । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बैशाख ४ गते बुकक्लोज गरेको थियो । यसअनुसार बैशाख ३ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र बोनस पाउनेछन् ।

समीट लघुवित्तलाई प्राप्त गरेर नेशनल माइक्रोफाइनान्सले एकीकृत कारोबार थाल्न कम्पनीले असार ३ गते आइतबार विशेष साधारण सभा आह्वान गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।