मल्टीपर्पस फाइनान्सको सेयर संरचना परिवर्तन

0
Shares

मल्टीपर्पस फाइनान्स लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । यससँगै अब फाइनान्समा संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत सेयर स्वामित्व कायम भएको छ ।

फाइनान्स कम्पनीमा यसअघि संस्थापकतर्फको ६० प्रतिशत र सर्वसाधारणतर्फको ४० प्रतिशत सेयर संरचना रहेको थियो । संस्थापकतर्फको ९ प्रतिशत सेयर परिवर्तन गरी सर्वसाधारणतर्फ थपिएको हो ।

सो बमोजिम कायम हुने संस्थापक समूहको ४ लाख ६ हजार ८०० कित्ता सेयर सर्वसाधारण समूहमा परिणत भएको छ । सोही अनुसार नेप्सेमा अभिलेख राखेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।