नबिल सेक्युरिटिज र एनबिबिएल सेक्युरिटिजले असार १ देखि एकीकृत कारोबार गर्ने

0
Shares

नबिल सेक्युरिटिजले एनबिबिएल सेक्युरिटिज लिमिटेडलाई प्राप्ति गरी असार १ गतेदेखि एकीकृत कारोबार कारोबार थाल्ने भएकाे छ । असार १ गतेदेखि नबिल सेक्युरिटिज लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो ।

माउ कम्पनीहरु एक भएपछि नबिल सेक्युरिटिजले पनि एनबिबिएल सेक्युरिटिजलाई गाभेर असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्न लागेको हो । नबिलले १ः१ को स्वापमा नै एनबिबिएललाई गाभेको हो । 

नबिल सेक्युरिटिज र एनबिबिएल सेक्युरिटिजको जेठ १२ गते सम्पन्न विशेष साधारण सभाले प्राप्तिसम्बन्धी प्रस्तावलाई पारित गरेका थिए । कम्पनी रजिष्ट्रारको कार्यालयबाट जेठ २२ गते प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान भएसँगै दुर्ई कम्पनी एक हुने मिति तय गरेका हुन् ।  दुबै कम्पनीको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले आसार १ गतेबाट एकिकृत कारोबार सुरु गर्ने निर्णय गरेको हो ।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेपछि ती बैंकका सहायक कम्पनीहरू समेत सोही प्रक्रियामा गएका हुन् ।

बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने भएपछि तत्कालिन नेपाल बंगलादेश बैंकको सहायक कम्पनीको रुपमा एनबिबिएल सेक्युरिटिज कम्पनी रजिष्ट्रारमा दर्ता भएको थियो ।

पछि स्टक डिलरको रुपमा काम गर्नेगरी नबिल बैंकले नबिल सेक्युरिटिजले धितोपत्रबाट लाईसेन्स पाएपछि एनबिबिएललाई गाभेको हो । नेपाल बंगलादेश बैंक नबिलमा गाभिएपछि एनबिबिएल सेक्युरिटिज दर्ता भएपनि ब्रोकर लाईसेन्सको लागि धितोपत्र बोर्डमा भने आवेदन दिएको थिएन।

यससँगै नबिल सेक्युरिटिज दोस्रो स्टक डिलर भएको छ । नागरिक स्टक डिलरले यसअघि नै पहिलो स्टक डिलरको रुपमा काम गर्दै आइरहेको छ । नबिल सेक्युरिटिजले भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट ब्रोकर आईडी पाएपछि मात्र सेयर कारोबार गर्न पाउनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।