प्रतिनिधिसभा बैठकमा आज पनि बजेटमाथिको छलफल जारी रहने


संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठकमा आज पनि बजेटमाथिको छलफल जारी रहने छ ।

बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने छ । बैठकमा आर्थिक वर्ष २०८०\०८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेट माथिको छलफल जारी रहने बताइएको छ ।

आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व २०८०\०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिनेछन् ।

विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ । त्यसपछि अर्थमन्त्री महतले विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।