सरकारले यो साता ट्रेजरी बिलमार्फत साढे २८ अर्ब आन्तरिक ऋण उठाउँदै

सरकारले यो साता ट्रेजरी बिलमार्फत साढे २८ अर्ब आन्तरिक ऋण उठाउँदै

सरकारले यो साता ट्रेजरी बिल बिक्री गरेर साढे २८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यसका लागि राष्ट्र बैंकले सोमबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ ।

ट्रेजरी बिलमार्फत सरकारले कुल २८ अर्ब ५० लाख रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । जसमध्ये २५ अर्ब परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिल नविकरण गर्न लागेको हो भने ३ अर्ब ५० करोड रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गरेको हो। नयाँ जारी हुने ट्रेजरी बिल यो ९१ दिने रहेको छ ।

नविकरण गर्न लागिएको मध्ये २८ दिने ५ अर्बको, ९१ दिनेको ५ अर्बको, १८२ दिने ४ अर्ब र ३६४ दिने ११ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल रहेको छ ।
यसअघि २८ दिने ट्रेजरी बिलको औषत ब्याज ७.३५ प्रतिशत, ९१ दिनेको ८.८६ प्रतिशत, १८२ दिने ८.७१ प्रतिशत र ३६४ दिने ८.३३ प्रतिशत ब्याज कायम भएको थियो।

सोमबार बोलकबोल ट्रेजरी बिल मंगलबार जारी (वितरण) हुनेछ । सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ। चौथो त्रैमासमा सरकारले १ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २८ जेठ २०८०, आइतबार १३ : २१ बजे