मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर बिक्रीमा


मुक्तिनाथ विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले लिलाम बढाबढ प्रकृयाद्वारा सेयर बिक्रीको लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको हो ।

बैकको १ लाख १९ हजार ५५ कित्ता सेयरको लागी संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । संस्थापक सेयरधनीहरुले आज जेठ ३० गतेदेखि ३५ दिनभित्र आवेदन दिनु पर्ने छ ।

उक्त सेयरमा आम सर्वसाधारणले आवेदन दिन पाउने छैनन् । संस्थापक सेयरधनीबाट आवेदन नपरेमा मात्र बैंक अन्य व्यक्ति, संस्था वा कम्पनीलाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

इच्छुक संस्थापक सेयरधनीले बि. ओ. के. क्यापिटल मार्केट लि., नारायणचौर नक्साल, काठमाण्डौंमा सम्पर्क गर्न सक्ने छन् । आवेदन फाराममा आफुले लिन चाहेको सेयर कित्ताको दररेट अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ ।

अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरले लेखेकोलाइ मान्यता दिइनेछ । सेयर खरीदको लागि न्यूनतम मूल्य प्रति कित्ता १९० रुपैयाँ तोकएको छ । उक्त मूल्य भन्दा कम मूल्य अंकित गरी पेश गरेको आवेदन स्वतः रद्द हुनेछ ।

सेयर खरीदको लागि आवेदन पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । सेयर खरीदको लागि आवेदन फाराममा आफ्नो नाम, ठेगाना, मोबाईल नं. नेपाली तथा अंग्रेजी भाषामा बोल्डमा भएको विवरणसँग हुबहु मिल्ने गरी पूर्ण रुपले भरी सेयरधनी खाता नम्बर तथा बैंक खाता नम्बर लगायत बोलपत्र आवेदन फाराममा उल्लेखित सम्पूर्ण विवरण स्पष्ट रुपमा अनिवार्य उल्लेख गर्नुपर्नेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।