एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमा नेपाल बीमा प्राधिकरण आबद्ध

0
Shares

नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) ले सञ्चालन गरेको नेशनल पेमेन्ट स्वीच सेवामा नेपाल बीमा प्राधिकरण आवद्ध भएको छ ।

यससँगै नेपाल बीमा प्राधिकरणमा भुक्तानी गर्दा ग्राहकहरुले एनसीएचएलका विभिन्न डिजिटल भुक्तानी प्रणालीको प्रयोग गरी भुक्तानी गर्न सक्ने छन् ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले आज सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि प्राधिकरणको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआइ)सँग जोडी विभिन्न भुक्तानीहरु जस्तैः तलब, भेण्डर भुक्तानी, लगानी, लगायतका विभिन्न भुक्तानी सम्बन्धी कारोबारहरु ग्राहकहरुले गर्न सक्ने छन् ।

बीमाको क्षेत्रमा नयाँ आयाम थपिँदै जाँदा डिजिटल भुक्तानीको प्रयोगलाई थप प्रोत्साहन गर्न प्राधिकरणले एनसीएचएलसँग सहकार्य गरेको छ ।

यस अघि प्राधिकरणले प्रदान गर्ने बीमा एजेन्ट तथा सर्भेयरको लाइसेन्स नवीकरणको अनलाईन भुक्तानी एनसीएचएलको कनेक्ट आइपिएस प्रणाली मार्फत हुने व्यवस्था गरेको थियो। आगामी दिनहरुमा प्राधिकरणले अन्य सेवाहरु पनि क्रमश डिजिटाइज गर्दै लैजाने लक्ष्य लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।