रावा इनर्जीको आईपीओ ६४ हजार ३६६ जनाले पाए, यसरी भयो बाँडफाँड

0
Shares

रावा इनर्जी पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धकका अनुसार प्रभु क्यापिटल कमलादीमा अपराह्न ४ बजे सेयर बाँडफाँड भएको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गरिएको बाँडफाँडमा ६४ हजार ३६६ जनाले आईपीओ हात पारेका छन् । मागभन्दा उच्च आवेदन परेका कारण गोलाप्रथाबाट आईपीओ बाँडफाँड भएको हो ।

निर्देशिका बमोजिम ६४ हजार ३६६ आवेदकलाई १० कित्ताका दर ६ लाख ४३ हजार ६६० कित्ता सेयर बाँडफाँड गरिएको हो । यसरी बाँडफाँड गरी बाँकी रहेको ७ कित्ता सेयर तिनै गोलाप्रथाबाट सेयर पाउने आवेदकमध्ये भाग्यमानी ७ जनालाई थप १-१ कित्ता वितरण गरिएको हो । यसो हुँदा ७ जनाले ११ कित्ताका दरले ७७ कित्ता र ६४ हजार ३५९ जना आवेदकले १० कित्ताका दरले ६ लाख ४३ लाख ५९० कित्ता हात पारेका हुन् ।

कम्पनीले जेठ १८ देखि २२ गतेसम्म ६ लाख ४३ हजार ६६७ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको थियो । रेटिङ एजेन्सी केयर नेपालले रावाको आईपीओलाई ‘केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा ३ मेगावाट क्षमताको आयोजना निर्माण कार्य सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै रावा खोलामा नै २.५ मेगावाटको अर्को आयोजना निर्माण गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।