सानिमा हाइड्रोपावरले १४ करोड ७० लाखको आईपीओ ल्याउने, बोर्डसँग अनुमति माग

0
Shares

सानिमा हाइड्रोपावर कम्पनीले १४ करोड ७० लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ । हाइड्रोपावरले स्थानीय बासिन्दा र आम सर्वसाधारणका लागि सो रकम बराबरको सेयर बिक्री गर्ने भएको हो ।

सेयर जारी गर्न कम्पनीले जेठ २६ गते शुक्रबार पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको १४ लाख ७० हजार कित्ता सेयर जारी गर्न अनुमति मागेको हो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यपिटल लिमिटेड रहेको छ ।

सानिमा हाइड्रोपावर लिमिटेडको सन् १९९९ मा स्थापना भएको हो । नेपालमा जलविद्युत आयोजनाहरूको विकास गर्ने प्राथमिक उद्देश्यका साथ गैर आवासीय नेपालीहरुको लगानीमा स्थापित सानिमा ग्रुपले कम्पनी स्थापना गरेको हो । कम्पनीले सन् २००५ मा सुनकोशी साना जलविद्युत प्लान्ट (२.६ मेगावाट) विकास गरी सञ्चालनमा ल्याएको छ ।

सानिमा ग्रुपले सानिमा हाइड्रोपावर लिमिटेडका साथै सानिमा माई हाइड्रोपावर लिमिटेड, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेड, सानिमा मिडल तमोर हाइड्रोपावर, सानिमा जुम हाइड्रोपावर लिमिटेड, माथिल्लो मैलुङ्गखोला जलविद्युत आयोजना लिमिटेड र सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ्ग प्रालि समेत सञ्चालनमा ल्याइसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।