भैरहवामा पौने दुई अर्बमा चार तारे होटल– ‘होटल बुद्ध स्टार’ निर्माण हुँदै

0
Shares

रुपन्देही जिल्लाको भैरहवामा १ अर्ब ८९ करोड लागतमा चार तारे होटल– ‘होटल बुद्ध स्टार’ निर्माण हुने भएको छ ।

प्रारम्भिक चरणमा कम्पनीको निर्माण लागत ६५ करोड हुने अनुमान गरिएता पनि कोभिड–१९का कारण होटलको निर्माण कार्य समयमा सम्पन्न नहुँदा लागत खर्च झण्डै तीन गुणा बढेको छ । जसकारण होटल सञ्चालनमा आउँछ वा आउँदैन भन्नेमा नै प्रश्न उठेको छ ।

होटल बुद्ध स्टार प्रालिले निर्माण गर्दै गरेको होटलको निर्माण लागत ८० प्रतिशत ऋणमा र २० प्रतिशत लगानीकर्ताको लगानीमा आधारित रहेको छ । होटल निर्माण परियोजना लगानी भन्दा धेरै कर्जामा आधारित भएका कारण होटलको ऋणभार बढिरहेको छ । आर्थिक वर्ष सन २०२५/२६ मा होटल सञ्चालनमा आउने आकलन गरिएको छ ।

अग्नि सिमेन्ट तथा शुभश्री सिमेन्टमा लगानी गरेका राज कुमार पोखरेलले होटल निर्माणको जिम्मेवारी बहन गरेका छन् । होटलमा राज कुमार पोखरेल र उनका परिवारका सदस्यहरुको लगानी रहेको छ ।

कम्पनीले ६६ करोड दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । ६५ करोड बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी इक्रा नेपालले यस अघि गरेको बी माइन्स रेटिङ डाउनग्रेड गरी बी रेटिङ गरेको छ।

यस्तै १ करोड बराबरको अल्पकालीन कर्जाका लागि एजेन्सीले ए४ रेटिङ गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।