विवादले घेरिँदा टाट पल्टिने अवस्थामा टाइगर प्यालेस रिसोर्ट

0
Shares

केही समयअघि चर्चामा चुलिएको टाइगर प्यालेस रिसोर्ट हाल टाट पल्टिने अवस्थामा पुगेको छ ।

सन् २०१७ को नोभेम्बरबाट सञ्चालनमा आएको रिसोर्ट नेपालमा क्यासिनो सहितको रिसोर्ट सञ्चालन गर्ने पहिलो रिर्सोट हो । आकर्षक सेवा सुविधा सहित क्यासिनो सञ्चालन गरिरहेको रिसोर्ट पछिल्लो समयमा विवादले घेरिँदा टाट पल्टिने अवस्थामा पुगेको छ ।

सन् २०२० मा विश्वभर कोभिड महामारी फैलिँदा समेत ५९ करोड २५ लाख सञ्चालन आम्दानी गरेको रिसोर्टले कोरोना महामारीको अन्त्यपछि ७ करोड ६५ लाख मात्रै सञ्चालन आम्दानी गरेको छ । रुपन्देहीको भैरहवामा ७ एक्कर जमिनमा निर्माण भएको छ ।

प्रचुर सम्भावना बोकेको टाइगर वान प्यालेस रिसोर्ट कुनै समयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकहरुको रोजाइमा परेको थियो । तथापि रिसोर्ट विवादमा तानिएपछि पर्यटकहरुको आगमन घटेको छ ।

अष्ट्रेलियन कम्पनी–सिल्भर हेरिटेज ग्रुपले निर्माण गरेको टाइगर वान प्यालेस रिर्सोटमा हाल १०० प्रतिशत सेयर हिस्सा कम्पनीको रहेको छ । कम्पनीले २ अर्ब ४९ करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ ।

रिर्सोटको पछिल्लो वित्तीय विवरण हेरी रेटिङ एजेन्सी इक्रा नेपालले २ अर्ब २१ करोड बराबरको दीर्घकालीन कर्जाका लागि डी रेटिङ गरेको छ । यस्तै २८ करोड बराबरको अल्पकालीन कर्जाका लागि डी रेटिङ गरेको छ ।  यसअघि इक्रा नेपालले दीर्घकालीन कर्जाका लागि बी र अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।