श्रीलङ्कामा ४ करोड ८० लाख अमेरिकी डलरभन्दा बढीको अवैध चुरोट नष्ट


श्रीलङ्काका अधिकारीहरूले बिहीबार ४ करोड ८० लाख अमेरिकी डलरभन्दा बढीको अवैध चुरोट नष्ट गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

श्रीलङ्काको भन्सारले विगत दुई वर्षमा यस्ता थुप्रै तस्करी प्रयासहरूलाई विफल पारेर निषेधित वस्तुहरू जफत गरेको जनाएको छ ।

अर्थ राज्यमन्त्री रञ्जित सियाम्बालापिटियालाई उद्धृत गर्दै स्रोतले अवैध रुपमा पैठारी भएको चुरोटको मूल्य १५ अर्ब रुपैयाँ (४ करोड ८६ लाख अमेरिकी डलर) रहेको बताए । सियाम्बलापिटियाले श्रीलङ्काको भन्सारले नष्ट गरेको चुरोटको सबैभन्दा ठूलो परिमाण भएको बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।