रिलायबल नेपाल लाइफको साधारण सभा सम्पन्न

0
Shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीको छैठौं वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिको छैठौं वार्षिक प्रतिवेदन, आ।व। २०७८/०७९ को वित्तीय विवरणहरु र लेखापरीक्षकको नियूक्ती गर्ने प्रस्थावहरु सर्वसम्मतिले पारीत गरेको छ ।

सभामा शेयरधनीहरुले उठाएका जिज्ञासाहरुको अध्यक्ष उदय नेपाली श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले जवाफ दिएका थिए ।

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।