एनसेलले ल्यायो आकर्षक अनलिमिटेड भ्वाइस प्याक

0
Shares

एनसेलले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै आकर्षक अनलिमिटेड भ्वाइस प्याक अफर सार्वजनिक गरेको छ ।

ग्राहकहरुले अल–नेट अनलिमिटेड अफर अन्तर्गत नेपालका कुनैपनि मोबाइल नम्बरमा कल गर्न अनलिमिटेड टकटाइम प्याक प्रयोग गर्न सक्नेछन् ।

प्रिपेड र पोष्टपेड दुवै सेवाका ग्राहकले प्रयोग गर्न सक्ने अनलिमिटेड टकटाइम अफर बिहिबार (जेठ ३२) बाट संचालनमा आएको छ । आफ्नो भ्वाइस सेवाको आवश्यकता अनुसार ग्राहकले १ दिने अल–नेट अनलिमिटेड भ्वाइस प्याक, १ दिने अन–नेट अनलिमिटेड भ्वाइस प्याक वा ७ दिने समय सिमा रहेको अन–नेट अनलिमिटेड भ्वाइस प्याक लिन सक्नेछन् ।

१ दिने अल–नेट अनलिमिटेड प्याक अन्तर्गत ग्राहकले २५ रुपैयाँमा बिहान ५ बजे देखि साँझ ५ बजे सम्म नेपालका कुनैपनि मोबाइल नेटवर्कका नम्बरहरुमा अनलिमिटेड भ्वाइस सेवाको फाइदा लिन सक्छन् । ग्राहकहरुले एसट्रिक १७११८ एसट्रिक ८ एसट्रिक ५ ह्यासट्याग डायल गरि सो प्याक लिन सक्छन् ।

त्यसैगरी एसट्रिक १७११८ एसट्रिक ८ एसट्रिक ४ ह्यासट्याग डायल गरि एनसेलका अन्य नम्बरहरुमा २४ घन्टासम्म अनलिमिटेड कल गर्न सकिने १ दिने अन–नेट अनलिमिटेड टकटाइम कर सहित मात्र रु ३० मा सुचारु गर्न सक्छन् ।

एनसेलका अन्य नम्बरहरुमा कुराकानी गर्नका लागि ग्राहकहरुले १५० रुपैयाँमा ७ दिन समयावधि रहेको अन–नेट अनलिमिटेड प्याक लिन सक्छन् । एसट्रिक १७११८ एसट्रिक ४ एसट्रिक ३ ह्यासट्याग डायल गरि यो प्याक सुचारु गर्न सक्छन् ।

ग्राहकहरुलाई सुलभ दरमा सेवा प्रदान गर्ने कम्पनीको प्रतिवद्धता अनुसार यी अनलिमिटेड भ्वाइस प्याकहरु ल्याइएको एनसेलले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।