जलस्रोत विभागका तत्कालिन महानिर्देशकविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोग जलस्रोत तथा सिंचाई विभागका तत्कालीन महानिर्देशक (अवकाश प्राप्त सुई) मधुकर प्रसाद राजभण्डारीविरुद्ध साढे तीन करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले राजभण्डारीविरुद्ध ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । तत्कालीन महानिर्देशक राजभण्डारीलेसरकारी पदमा कार्यरत रहँदा अकुत सम्पत्ति आर्जन गरेको पाइएको अख्तियारको भनाई छ ।

राजभण्डारी सार्वजनिक सेवामा उनी २०५१/११/३० देखि मिति २०७९/०५/३१ गतेसम्म रहेका थिए । सो अवधिमा उनले सम्पूर्ण व्यय (खर्च तथा लगानी) मा जग्गा खरिद, घर निर्माणदेखि सवारी साधन खरिदमा भएको खर्च र बैंक मौज्दात रकमसमेत गरी ७ करोड ४२ लाख २९ हजार रुपैयाँ खर्च तथा लगानी गरेकोमा ३ करोड ८५ लाख ५१ हजार ७४४ रुपैया मात्र वैधानिक आय स्रोत खुल्न आएको अख्तियारको भनाई छ ।

राजभण्डारीले सार्वजनिक पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको पुष्टि भएकोले ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ बराबर बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।