माछापुच्छ्रे बैंक र प्याब्सनबीच वित्तीय डिजिटल साक्षरता सम्बन्धि सम्झौता

0
Shares

माछापुच्छ्रे बैंक र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच सम्झौता भएको छ । यी दुई संस्थाबीचमा वित्तीय डिजिटल साक्षरता पहल सम्बन्धि सम्झौता भएको हो ।

बैंकले आम जनमानसमा वित्तिय साक्षरता जगाउने उद्देश्यले प्याब्सन संगको सहकार्यमा देश व्यापीरुपमा वित्तिय एंव डिजिटल साक्षरता कार्यक्रम संचालन गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

काठमाडौंको होटल याक एण्ड यतीमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच उक्त सम्झौतामा माछापुच्छ्रे बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एंव निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)कातर्फबाट अध्यक्ष डिके ढुङ्गानाले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता पश्चात प्याब्सनसँगको सहकार्यमा अब बैंकले वित्तीय साक्षरता, डिजिटल अपराधबारे सचेतनामुलुक कार्यक्रमहरु देशव्यापीरुपमा सञ्चालन गर्नेछ भने प्याब्सनले आफुसग आवद्ध शैक्षिक संस्थाहरूलाई समन्वय र सहजीकरण गर्नेछ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्दैशक गुरु प्रसाद पौडेलले वित्तिय एंव डिजिटल साक्षरता कार्यक्रममा आवश्यक परेको खण्डमा नेपाल राष्ट्र बैंकको तर्फबाट सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए।

त्यसैगरि उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष एंव गैरआवासिय संघका संस्थापक अध्यक्षडा।उपेन्द्र महतोले विभिन्न तहका विद्यार्थीहरुको पाठ्यपुस्तकमा बैंकिङ्ग शिक्षासँग सम्बन्धित विभिन्न जानकारीहरु समावेश गर्नसकेको खण्डमा अझ उपर्युक्त हुने भन्दै यसका लागि पहल थालिनुपर्नेमा जोड दिए । उनले सैद्धान्तिकभन्दा पनि व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।