चन्द्रागिरि नगरपालिकाले माग्यो २५ नगर प्रहरी (सूचनासहित)


चन्द्रागिरि नगरपालिकाले करार सेवामा २५ जना नगर प्रहरी माग गरेको छ । नगरपालिकाले नगर प्रहरी निरीक्षण, नगर प्रहरी सहायक निरीक्षण र नगर प्रहरी जवान गरी २५ जना कर्मचारी माग गरेको हो ।

नगर प्रहरी निरीक्षक पदका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह वा सो सरह उतिर्ण गरेको हुनुपर्ने छ भने नगर प्रहरी सहायक निरीक्षण पदका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसएलसी\एसईई वा सो सरह उतिर्ण गरेको हुनुपर्ने छ ।

यस्तै नगर प्रहरी जवान पदका लागि आठ कक्षा उतिर्ण गरेको हुनु पर्नेछ । आवेदकले आज असार ५ गतेदेखि साउन ८ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

इच्छुक योग्यता पुगेका नेपाली नागरिकले चन्द्रागिरि नगरपालिकाको कार्यालय, बलम्बुबाट राजश्व शाखामा बुझाएको सक्कलै रसिद संलग्न गरी दरखास्त फारम नगरपालिकाको प्रशासन शाखामा पेश गर्नुपर्ने छ ।

आवेदक कुनै राजनीतिक दलको सदस्य नभएको तथा मानव अधिकार र मानवीय कानुनको उल्लङ्घनमा सजाय नपाएको हुनुपर्ने नगरपालिकाले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।