टाटा मोटर्सका विद्युत्तीय गाडीहरु तीन दिन भित्रै फाइनान्सिङ्ग

0
Shares

टाटा मोटर्स को नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले आफ्ना ईभी अर्थात विधुत्तीय गाडी किन्न चाहन ग्राहकका लागि अत्याधिक छिट्टो, सरल र सहज गाडी फाइनान्सिङ्गको सुविधा ल्याएको छ । जुन नेपालभरि फैलिएका सिप्रदी तथा सिप्रदीका आधिकारिक डिलरशिपबाट उपलब्ध हुने कम्पनीले जनाएको छ।

विगत २ वर्ष देखि नेपाली बजारले सर्वाधिक रुचाएको नेक्सन ईभि र टिगोर ईभि को ८०५ सम्म गाडी फाइनान्सिङ्ग अब ३ दिन भित्रै हुनेछन्। उक्त फाइनान्सिङ्ग नेपालभरि फैलिएका विभिन्न क वर्गका बैंक द्वारा १०% प्रतिशतको न्युनतम ब्याजदरमा उपलब्ध हुनेछन्। टाटा मोटर्सका ईभि गाडीहरुको छिट्टो तथा सरल गाडी फाइनान्सिङ्गको सुविधाका लागि मुलुकभरि फैलिएका एभरेष्ट बैंक, नबिल बैंक, एनएमबि बैंक, ग्लोबल आईएमई बैंक, तथा प्रभु बैंक का संजालबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

अहिले को समयमा टाटा मोटर्स का अत्याधिक रुचाईएका ईभी अर्थात विधुत्तीय गाडीले नेपाली बजारबाट राम्रो प्रतिक्रिया प्राप्त गर्दै कम्पनिले पनि आफ्नो उत्पादनहरु का साथ् ग्राहक सेवालाई पनि उत्कृष्ट बनाउंदै आईरहेको छ ।

नेपालकै पहिलो, ठुलो र फैलिएको २० स्थानमा फास्ट चार्जिंग स्टेशन देखि उच्चस्तरिय २३ स्थानमा सिप्रदीका सर्भिस सेन्टरको विस्तार भईसकेको र आउने दिनहरुको लागि पनि अझ मद्दत पुग्ने गरि यो वर्ष चार्जिंग स्टेशन देखि सर्भिस स्टेशन लाई नेपालको विभिन्न भूभागमा फैलाउने योजना प्राप्त भएको छ।

यो संगसंगै जनशक्ति को दक्षतालाई अझै मजबूत गर्न ईभी लर्निङ्ग सेन्टर तथा ट्रेणिङ्ग सेन्टरको थप निर्माण गर्ने योजना छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।