नेशनलले समीट लघुवित्तलाई ७३ रुपैयाँमा खरिद गर्ने

0
Shares

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले समीट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्रतिकित्ता ७३ रुपैयाँमा खरिद गर्ने भएको छ ।

कम्पनीको असार ३ गते आइतबार सम्पन्न भएको विशेष सधारण सभाले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १ कित्ता सेयर बराबर समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको ०.७३ कित्ता सेयर हुने गरी सेयर आदान प्रदान अनुपातलाई स्वीकृति प्रदान गरेको हो ।
सञ्चालक समितिको १४९ औं बैठकको निर्णय अनुसार धादिङ्गको धादिङ्ग रिसोर्ट, धादिङ्गवेशीमा आइतबार सञ्चालक समितिका अध्यक्ष केशवपसाद्र आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।

सो विशेष साधारण सभाले नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त एक आपसमा गाभ्ने –गाभिने (मर्जर) सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको प्रस्ताव पारित गरेको छ । यस्तै मर्जर प्रयोजनको लागि नियुक्त मूल्यांकनकर्ताांबाट प्राप्त दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोवारको मूल्यांकन (डिडिए) प्रतिवेदनको आधारमा संयुक्त मर्जर समितिबाट सिफारिस भई संस्थाको सञ्चालक समितिले स्वीकृत गरे बमोजिम १ः०.७३ सेयर आदान प्रदान अनुपातलाई स्वीकृति प्रदान गरेको छ । उल्लेखित स्वाप रेसियो अनुसार समीट लघुवित्तको १०० कित्ता सेयर हुने लगानीकर्ताले एकीकृत संस्थाको ७३ कित्ता सेयर प्राप्त गर्नेछन् भने नेशनलको साबिक कित्ता बमोजिम नै रहने छ । दुई संस्थाबीच भएको प्रारम्भिक मर्जर सम्झौतामा १००ः८२ स्वाप रेसियो अनुपातमा गाभिने प्रारम्भिक सहमति भएपनि डिडिएपछि भने स्वाप घटेको हो । 

यस्तै नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीच गरिएको प्रारम्भिक समझदारीपत्र, संयुक्त मर्जर समिति गठन एवं सञ्चालक समितिले संयुक्त मर्जर समितिलाई आवश्यक कार्य गर्न दिएको अस्तियारी, संयुक्त मर्जर समितिबाट भएका निर्णयहरु खर्चहरु र सञ्चालक समितिबाट भएका निर्णयहरु अनुमोदन गरेको छ । उक्त सभाले अन्तिम सम्झौतापत्र लगायत मर्जर सम्बन्धी अन्य सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरेको छ ।

साथै नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीच मर्जरपछि गठन हुने सञ्चालक समितिमा नेशनल माइक्रोफाइनान्सको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरु तोक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने र साविक सञ्चालक समितिका पदाधिकारीहरुको कार्यकाल बाँकी भएता पनि मर्जर कार्य सम्पन्न भई एकीकृत कारोबार गरी दुबै वित्तीय संस्थाबाट प्रतिनिधित्व रहने गरी नयाँ सञ्चालक समिति गठन भए पश्चात् साविक सञ्चालकहरुको बाँकी कार्यकाल स्वतः समाप्त भएको मानिने सम्बन्धी प्रस्ताव पारित भएको छ ।

दुई लघुवित्त एक आपसमा गाभिए पश्चात् नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव पनि विशेष साधारण सभाबाट अनुमोदन भएको छ । मर्जर पश्चात संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बागमती प्रदेश, काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नम्बर १०, कायम हुने गरी संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित भएको छ ।

मर्जर पश्चात बन्ने संस्थाको नेशनल समीट माइक्रोफाइनान्स सञ्चालक समितिको अध्यक्षमा नेशनल माइक्रोफाइनान्स लघुवित्तका अध्यक्ष केशवप्रसाद आचार्य रहनेछन् । यस्तै प्रमुख कार्यकारी अधिकृतमा पनि सोही संस्थाको राम बहादुर यादव रहने सहमति छ ।

मर्जर पश्चात संस्थाको अधिकृत पुँंजी १ अर्ब ५० करोड तथा जारी पूँजी तथा चुक्ता पूँजी १ अर्ब ८ करोड ४२लाख ६ हजार २१९ रुपैयाँ ५३ पैसा कायम हुनेछ । समीट लघुवित्तको सेयर पुँजीको संस्थापक र सर्वसाधारणको सेयर पुँजीको अनुपात मिलान गर्दा अपुग हुने सर्वसाधारण तर्फको ८ लाख ५३ हजार ६६५ कित्ता एफपीओ निष्कासन गर्नेुपर्ने हुन्छ । समीट प्राप्तीपछि कायम हुने सेयर स्वामित्वमा सर्वसाधारण समूहको सेयर स्वामित्व अनुपात न्यूनतम ३० प्रतिशतभन्दा कम हुने हुँदा कम्पनीले एफपीओ जारी गर्ने भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।