व्यापार र प्रतिस्पर्धाको विकासका लागि बैंकर्स संघ र युएसएडबीच सम्झौता

0
Shares

नेपालको व्यापार वृद्धि तथा स्वस्थ प्रतिस्पर्धा प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल बैंकर्स संघ र अमेरिकी सहयोग नियोग (युएसएड) बीच सम्झौता भएको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी र युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेसका प्रमुख एग्नेस लुजले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

युएसएडको ट्रेड एण्ड कम्पिटिटिभनेस पाँच वर्षे योजना हो । जसको उद्देश्य कोभिड–१९ महामारीबाट बाहिर आई विकासकोे नयाँ बाटो तय गर्ने रहेको छ । यस परियोजनाले नेपालको अर्थतन्त्रलाई विविधिकरण गरी अगाडि बढाउन सहयोग गर्ने छ ।

नेपालबाट निर्यात गर्ने वस्तु तथा सामाग्रीको गुणस्तर वृद्धि गरी मुल्य बढाउने र अन्तराष्ट्रिय बजारमा व्यापार वृद्धि गर्ने यस परियोजनाको लक्ष्य छ । यस्तै नयाँ रोजगारीको अवसर सिर्जना गरी मानिसहरुको आयमा सुधार ल्याउनु र समग्र अर्थतन्त्रमा योगदान पु¥याउनमा परियोजनाले सहयोग गर्ने छ ।

दुई पक्षबीचको सहकार्यले विभिन्न नीतिगत मुद्दा र चुनौतीहरूमा सार्वजनिक–निजी छलफल (पिपिडी), तालिम लगायतका अन्य क्षमता अभिवृद्धि गतिविधिहरुको पहुँच बढाई समावेशी विकासमा टेवा पुग्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।