बुधबार विदेशी मुद्राको विनिमय दर यस्तो छ


नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार बुधबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३१ रुपैयाँ १० पैसा र बिक्री दर १३१ रुपैयाँ ७० पैसा रहेको छ ।

यस्तै आज युरोको भाउ खरिद दर १४३ रुपैयाँ २७ पैसा र बिक्री दर १४३ रुपैयाँ ९२ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ११ पैसा र बिक्री दर ८९ रुपैयाँ ५२ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६७ रुपैयाँ २४ पैसा र बिक्री दर १६८ रुपैयाँमा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २५ पैसा रहेको छ र बिक्री दर २८ रुपैयाँ ३८ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ९५ पैसा र बिक्री दर ३५ रुपैयाँ ११ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।