एलन मक्स भारतमा लगानी बढाउन सुमधुर सम्बन्ध बनाउँदै, टेस्लाको प्लान्ट खोल्ने घोषणा

0
Shares

विश्वका धनाढ्य व्यक्ति– एलन मक्सले भारतमा लगानीको प्रचुर सम्भावना रहेको जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकाको भ्रमणका क्रममा भेट गर्दै उनले आफू मोदीको फ्यान रहेको समेत बताए ।

टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका मक्सले टेस्लाले भारतमा महत्वपूर्ण लगानी गर्ने र भारतमै टेस्लाको प्लान्ट निर्माण गर्ने समेत बताए । मोदी आधुनिक भारत विकासको सुरुवातकर्ता रहेको बताउँदै एलन मक्सले मोदीसँग आगामी समयमा साझेदारी गर्न इच्छुक रहेका छन् ।

लाइसेन्सको समस्या आएपछि भारतले मक्सको स्टारलिंक स्याटलाइट इन्टरनेट सेवालाई बन्द गरेको थियो । स्टारलिंक विस्तारका विषयमा छलफल गर्दै मक्सले आफूहरुले स्थानीय सरकारले तय गरेका सबै नीति नियमहरु अनुसरण गर्दै इन्टरनेट सेवा प्रदान गर्ने जानकारी गराएका छन् ।

यसअघि सन् २०१५ मा भएको भेटवार्ता याद गर्दै मक्सले अहिलेको भेटवार्ता सफल रहेको उनको विश्लेषण छ । आफूहरुले भारतमा लगानी गर्न इच्छुक रहेको र नरेन्द्र मोदीले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको मक्सको जिकिर छ । भारतमा दीगो विकासको प्रचुर सम्भावना रहेको बताउँदै मक्सले भारतमा सौर्य शक्ति, ब्याट्रीहरुको उत्पादन गरी बिक्री गर्न सकिने जनाएका छन् ।

विश्वकै सबैभन्दा धनी व्यक्ति रहेका उनीसँग १८४ खर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्ति रहेको छ ।

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।