सेयर बजार बुधबार सहित लगातार तीन कारोबार दिन घटेको छ । सोमबार सामान्य घटेको बजार मंगलबार र बुधबार दोहोरो अंकले घट्दा कुल ४३.५५ अंकले ओरालो लागेको हो । नेप्से ओरालो लागेसँगै दैनिक ५ अर्ब नाघेको कारोबार साढे ३ अर्बभन्दा तल खुम्चिएको छ ।
बुधबार १४.०५ अंकको गिरावट आएसँगै सूचक २०५० दशमलव ७८ बिन्दुमा बन्द भएको छ । आज बजारमा २७१ स्क्रिप्टको ८६ लाख ५१ हजार १६४ कित्ता सेयर ५९ हजार ८१३ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार २६१ रुपैयाँमा समेटिएको छ । मंगलबार ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९५४ रुपैयाँको कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा ६१ करोड ३८ लाख रुपैयाँले कारोबार घटेको छ ।
आज कारोबारमा आएका २६८ मध्ये ६२ कम्पनीको सेयरमूल्य बढेको छ भने २०३ कम्पनीको घट्दा ६ कम्पनीको स्थीर रहेको छ । कारोबार रकमका आधारमा शीवम् सिमेन्टस शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको २३ करोड ६ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै सोल्टी होटलको १९ करोड ३५ लाख, हिमालयन डिष्टिलरी १६ करोड ७६ लाख, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ करोड ८१ लाख र नागरिक लगानी कोषको १० करोड २१ लाख रुपैयाँबराबरको सेयर खरिद बिक्री भएको छ ।
आज कारोबारमा आएका सिटी होटलको सेयरमूल्यमा सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सोल्टी होटल ७.४४, विबिडब्लू लघुवित्त ६.१०, इङ्वा हाइड्रोपावर ५.९८ र एनआईबिएल ग्रोथ फन्डको इकाई ५.६५ प्रतिशतले बढेको छ ।

उता ग्रीन भेञ्चर लिमिटेडको सेयरमूल्य सर्वाधिक ६.९८ प्रतिशतले घटेको बजा।मा मेन्छियम हाइड्रोपावर ५.४८, मानुषी लघुवित्त ५.४१, कर्पोरेट डेभलपमेन्ट बैंक ५.११ र ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को इकाईमूल्यमा ४.९० प्रतिशतको गिरावट आएको छ ।
बुधबार कारोबारमा आएका चार बाहेक ९ उपसमुहगत सूचक घटेका छन् । होटल तथा पर्यटनमुलक सर्वाधिक ४.८४ प्रतिशतले बढ्दा जीवन बीमा, उत्पादन तथा प्रशोधनमुलक, ब्यापार पनि सामान्य बढेको छ । जलविद्युत सर्वाधिक १.६२ प्रतिशत, फाइनान्स सर्वाधिक १.६१ प्रतिशत, विकास बैंक १.३६ र लघुवित्तको इन्डेक्स १.०६ प्रतिशतले घटेको छ ।
आज कारोबार संख्याका आधारमा हिजो मंगलबारदेखि दोस्रो बजारमा कारोबार खुलेको इङ्वा हाइड्रोपावरको सर्वाधिक ३५१२ वटा कारोबार भएको छ । शिवम् सिमेन्टसको ४ लाख २३ हजार १९८ कित्ता सेयर खरिद बिक्री हुँदै कारोबार कित्ताका आधारमा शीर्ष स्थानमा छ ।
बुधबार कारोबारपछि समग्र बजार पूँजीकरण ३० खर्ब ३ अर्ब ४७ लाख ९१ हजार रुपैयाँमा झरेको छ । मंगलबार समग्र बजार पूँजीकरण ३० खर्ब २२ अर्ब १२ लाख ८२ हजार रुपैयाँमा समेटिएको थियो । अघिल्लो दिनको तुलनामा १८ अर्ब ६५ करोडले बजार पुँजीकरण घटेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
