बीमा पोलिसी उपहारको प्रचलन बढ्दै

0
Shares

पछिल्लो समय विवाह उत्सव हास् या जन्मजयन्ती या अन्य कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ । त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ । एकै दिनमा ओइलाउने फूलका बुकी भन्दा जीवन सुरक्षित बनाउने बीमा पोलिसी उपहार दिने चलन बढेर गएको छ ।

बीमा पोलिसी उपहारको रुपमा प्रदान गर्ने प्रचलन भित्रँदै आएको छ । मधुवन नगरपालिका – ८ बस्ने बल बहादुर थापा मगर र कर्नी कुमारी सिँजाली मगरको जोडीले आफ्नो छोरा बिहान थापा मगरलाई पास्नीको अवसरमा बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले भविष्यमा चाहिने पढाइ खर्चको व्यवस्थापनको लागि ५ लाख रुपैयाँको जीवन बीमा पोलिसी उपहार दिएका हुन् ।

हरेक आमा बुवाको सपना छोरा–छोरीको उज्जवल भविष्य निर्माण गर्नु हो र त्यो निर्माण गर्ने क्रममा आर्थिक असहजता खेप्नु नपरोस् भन्ने मुल्याङ्कन गरि पनि बच्चाहरुको बीमा बेलैमा गर्दा राम्रो हुने बल बहादुर थापा मगरले बताए ।

उनले आफ्नो छोरा बिहान थापा मगरलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पोलिसी उपहार दिएका हुन् । उक्त पोलिसी भुरिगाउ शाखा कार्यालयकी अभिकर्ता ९ सिनियर ऐजेन्सि मेनेजर प्रमिला ढकालको सहकार्यमा भुरिगाउ शाखाका शाखा प्रमुख मोहन बहादुर बोहराले घरमै गइ बीमा पोलिसी हस्तन्तरण गरेका थिए ।

कम्पनीले सुविधा सम्पन्न बीमा योजना रिलायबल सुलभ बाल जीवन बीमा प्लसमा बच्चाको बीमा गर्दा आमा अथवा बावुको लागि पनि अतिरिक्त लिन मिल्ने सुविधाहरु रहेका छन् । जसमा घातक रोग सुबिधा , अशक्त अपागं भत्ता सुविधा, साथै दुर्घटना मृत्युमा एकमुष्ठ इच्छ्याएको ब्यक्तिले पाउने सुविधा छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।