श्रीनगर एग्रिटेक इन्डष्ट्रीजलाई आईपीओ बिक्रीमा ल्याउन नबिल इन्भेष्टले सघाउने

0
Shares

नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले श्रीनगर एग्रिटेक इन्डष्ट्रीज लिमिटेडलाई सर्वसाधारणमा सार्वजनिक निष्काशन (आईपीओ जारी) को कार्य गर्न सघाउने भएको छ ।

क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत कम्पनीलाई सर्वसाधारणमा आईपीओ बिक्री गरी एक सूचीकृत कम्पनी बनाउने र आवश्यक पूँजीको उपलब्धता जस्ता समन्वयकारी÷सहयोगी भुमिका निर्वाह गर्नेसम्मको कार्यका लागि संस्थागत परामर्श सेवा प्रदान गर्ने भएको छ । सार्वजनिक निष्कासनका लागि कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भैसकेको छ ।

उक्त कार्यका लागि दुई पक्षबीच सम्झौता समेत भएको छ । सम्झौतापत्रमा श्रीनगर एग्रीटेकको तर्फबाट प्रबन्ध निर्देशक सतीश चन्द श्रेष्ठ र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीष जोशीले हस्ताक्षर गरेका छन् ।

आज भएको सम्झौता अनुसार नबिल इन्भेष्टमेन्टले श्रीनगर एग्रिटेकलाई सर्वसाधारणमा सार्वजनिक निष्काशनका लागि आवश्यक पूर्वतयारीमा सहयोग गर्ने जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट सार्वजनिक निष्काशनका लागि अनुमति माग गर्ने बताइएको छ ।

श्रीनगर एग्रिटेक इन्डष्ट्रीज लिमिटेडले विगत दुई दशक देखि कृषिजन्य उद्योग तथा उत्पादनको क्षेत्रमा कार्य गर्दै आएको छ । कृषि क्षेत्र मार्फत अर्थतन्त्रमा योगदान पु¥याउने उद्देश्यले सन् २००२ मा स्थापना भएको यस श्रीनगर एग्राीटेक ईन्डष्ट्रीज लिमिटेडले हाल ३०० भन्दा बढी व्यक्तिहरूलाई रोजगार दिएको छ भने ५ हजार भन्दा बढी कृषकहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडेको छ ।

फार्म, फिड तथा फुडको एकिकृत व्यापार विस्तार गर्दै आएको श्रीनगर एग्रिटेक इण्डष्ट्रिज लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंको टङ्गालमा रहेको छ । यस्तै लुम्बिनी प्रदेशको पाल्पा तथा रुपन्देहीमा उद्योग अवस्थित रहेको छ । यस कम्पनीको उत्पादन हाल ४० भन्दा बढी जिल्लामा वितरण तथा खपत हुँदै आएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ६ असार २०८०, बुधबार  १९ : ०७ बजे