हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोड कित्ता सेयर सूचीकृत, बिहीबारदेखि कारोबार खुल्ने

0
Shares

हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोड २ लाख ३ हजार ८३७ कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार सूचीकृत भएको छ । प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ८ अर्ब २ करोड ३ लाख ८३ हजार ७०० रुपैयाँको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

साबिक प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफबीच मर्जर पश्चात बनेको हिमालयन लाइफ इन्स्योरेन्सको सेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो । तीन कम्पनीहरु १ः१ः१ को समान सेयर अनुपातमा कायम हुनेगरी एक आपसमा मर्जर भएका हुन् ।

साथै नेप्सले मर्जर प्रयोजनको लागि रोक्का राखेको तीनवटै कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । साविकको युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफको सेयर सूचीकरण समेत खारेज भएर हिमालयन लाइफ इन्स्योरेन्सको नाममा कायम भएको जनाएको छ ।

नेप्सेमा बुधबार सेयर सूचीकृत भएसँगै नेप्सेले तीनवटै कम्पनीको सेयरमूल्य समायोजन गरी समायोजित मूल्य समेत तोकेको छ । जसअनुसार कम्पनीको सेयर कारोबारका लागि प्रतिकित्ता ३४६ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरिएको छ ।

नेप्सेले कम्पनीको सेयरलाई दिएको ओपनिङ्ग रेन्जका आधारमा बिहीबार पहिलो कारोबार सुरु हुनेछ । सोहि आधारमा बजारले निर्धारण गर्ने मूल्य अनुसार कारोबार सुचारु हुनेछ । कम्पनीको सेयरलाई नेप्सेले एचएलआई (HLI) कारोबार संकेत प्रदान गरेको छ । बिहीबारदेखि यहि कारोबार संकेतमा कम्पनीको धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीले यसअघि नै सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा धितोपत्र सूचीकृत गरिसकेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।