सनराइज बैंकद्वारा विभिन्न विद्यालयहरुमा प्याड एटीएम हस्तान्तरण

0
Shares

सनराइज बैंकले महिला स्वास्थ्य र महिलाहरुको सशक्तिकरणको लागि विद्यालयमा अध्ययनरत छात्राहरु तथा कार्यरत महिलाहरुलाई लक्षित गरी प्याड एटीएम प्रदान गरेको छ ।

बैंकले बुधबार एक कार्यक्रमकाबीच काठमाडौंको शान्ति विद्यागृह माध्यमिक विद्यालय, लैनचौरमा एक थान प्याड मेसिन र एक थान प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरेको हो । बैंकका सहायक महाप्रबन्धक हरि प्रसाद आचार्यले, संस्थागत सामाजिक उत्तरदायित्व प्रमुख सुमन थापा र कान्तिपथ शाखा प्रमुख अनिल महर्जनको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक श्रीमती शिव कुमारी बराल घिमिरेलाई उक्त सामान हस्तान्तरण गरेका हुन् ।

साथै बैंकद्वारा ललितपुर एकान्तकुना स्थित महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा पनि सो मेसिन हस्तान्तरण गरिएको थियो । यसैगरी देशका विभिन्न ठाउँमा प्याड एटीएम प्रदान गर्ने क्रममा बैंकले मोलुङ्ग, किन्जा, डुम्रे, देउराली, बाग्लुङ्ग, वालिङ्ग, कावासोती, बर्दिवास, तेह्रथुम, विरेन्द्रनगर लयागतका ठाउँहरुमा उक्त मसिनहरु हस्तान्तरण गरिसकेको छ ।

देशभर विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको बैंकहरुले विद्यालयमा व्यवस्थित शौचालय र स्यानिटरी प्याडको व्यवस्था नहुँदा महिला विद्यार्थीहरु विद्यालय जान हिचकिचाउने गर्ने गरेकोमा बैंकले इसता समस्याबाट मुक्ती पाउने काममा सहयोग गरेको हो ।

यस्ता समस्यालाई अध्ययन गरी बैंकले विभिन्न विद्यालयहरुमा अटोमेटेड प्याड भेन्डिङ्ग मेसिन प्रदान गरेको हो । एउटा सिक्का हाल्दा एउटा प्याड आउने ब्याट्री ब्याकअप सहितको उक्त मेसिनले छात्राहरु तथा विद्यालयमा कार्यरत महिलाहरुलाई आवश्यक पर्दा सजिलै प्याड लिन सकिने वातावरणको सिर्जना हुने बैंकले बताएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।