अपि पावरले पायो हकप्रद निष्काशनको अनुमति


अपि पावर कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट (सेबोन) बाट हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ । कम्पनीले चुक्ता पुँजीको ४० प्रतिशतका दरले १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गर्न अनुमति पाएको हो । 

कम्पनीले बुधबार सेयर बिक्री गर्न अनुमती पाएको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित साढे ७ प्रतिशत बोनसपछि कायम हुने चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।

हाल अपि पावरको चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ पुग्नेछ । चुक्ता पुँजीको ४० प्रतिशतका दरले हकप्रद सेयर जारी गरेपछि कम्पनीको पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार ८९६ रुपैयाँ पुग्नेछ ।

कम्पनीले निर्माण गरेको विभिन्न पाँच वटा आयोजनामा भएको ऋण लगानीको रकम चुक्ता गर्न १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० मूल्यको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद बिक्री गर्ने निर्णय गरेको थियो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।