विज्ञापन बजार विस्तार गर्न मेटाले नियुक्त गर्यो नेपालमा आधिकारिक प्रतिनिधि

0
Shares

सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी–मेटाले नेपालमा ‘एचटीटीपूल बाइ एलेफ’लाई आधिकारिक प्रतिनिधिका रुपमा चयन गरेको छ ।

यसै साता सोल्टी होटलमा आयोजित कार्यक्रमका बीच ‘एचटीटीपूल बाइ एलेफ’लाई आधिकारिक प्रतिनिधिका रुपमा चयन गर्दै मेटाले विज्ञापन सम्बन्धी कार्यशाला समेत सम्पन्न गरेको हो ।

नेपालमा मेटाको आधिकारिक प्रतिनिधिको आगमनसँगै अब स्थानीय विज्ञापनदाताहरु र एजेन्सीहरुलाई व्यापार विस्तार, आन्तरिक सर्मथन, रणनीतिक मार्गदर्शन, रणनीतिक मार्गदर्शन, क्रस–बोर्डर बिलिङ्ग र मेटाका अन्य उत्पादन प्रयोगमा सहयोग मिल्नेछ ।

विश्व डिजिटलाइज भएसँगै डिजिटल प्रयोगकर्ताहरुको सङ्ख्या ह्वात्तै बढेको छ । जसकारण नेपालमा पनि डिजिटल विज्ञापनको वातावरण सिर्जना हुँदै गएको छ । मेटाको सम्पर्क कार्यालय नेपालमा स्थापना भएसँगै यसले नेपालभरका ब्रान्ड र विज्ञापनदाताहरुका लागि अन्तराष्ट्रिय तथा राष्ट्रिय दुवै भाषामा सेवा उपलब्ध गराउनेछ।

एचटीटीपुल बाइ एलेफका प्रबन्ध निर्देशक सन्नी नागपालले कम्पनीले नेपालको लागि आधिकारिक पुनर्विक्रेताको रूपमा विज्ञापनदाताहरूलाई आन्तरिक सहयोग र मार्गदर्शन प्रस्तुत गर्ने बताएका छन् । विज्ञापनदाताहरूलाई नयाँ सीपहरू सिक्न मद्दत गर्ने र मेटाले प्रदान गरेको सुबिधालाई अधिकतम बनाउन मद्दत गर्न विभिन्न क्षेत्रमा कार्यशालाहरू र प्रशिक्षण प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।