सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार सोमबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५६ पैसा रहेको छ ।

यस्तै आज युरोको भाउ खरिद दर १४२ रुपैयाँ ६३ पैसा र बिक्री दर १४३ रुपैयाँ २८ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४६ पैसा र बिक्री दर ८७ रुपैयाँ ८६ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६६ रुपैयाँ ४८ पैसा र बिक्री दर १६७ रुपैयाँमा २५ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ रहेको छ र बिक्री दर २८ रुपैयाँ १३ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ९२ पैसा र बिक्री दर ३५ रुपैयाँ ०८ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।