जीवन बीमा कम्पनीले ११ महीनामा संकलन गरे सवा १ खर्ब बीमाशुल्क, कसको कति ?

0
Shares

मुलुकमा सञ्चालित १५ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महीना अर्थात जेठ मसान्तसम्ममा १ खर्ब २४ अर्ब ५४ करोड ३८ लाख २१ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार जेठ मसान्तसम्ममा नवीकरण बीमाशुल्क वापत ९८ अर्ब ५७ करोड रुपैयाँ र २५ अर्ब ९५ करोड रुपैयाँ रथम बीमाशुल्क संकलन गरेका हुन् । जीवन बीमा कम्पनीहरुले बैशाख मसान्तसम्ममा १ खर्ब १४ अर्ब १० करोड ९७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका थिए । जेठ महीनामा मात्रै १० अर्ब ४३ करोड ४१ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन भएकाे हाे । 

जेठ महिनासम्मा नेपाल लाइफले सबैभन्दा धेरै ३२ अर्ब ३६ करोड ६१ लाख कुल बीमाशुल्क संकलन गर्दा एलआइसी नेपालले दोस्रो धेरै १५ अर्ब ४८ करोड ५१ लाख र नेशनल लाइफ लाइफ इन्स्योरेन्सले १४ अर्ब ७ करोड ४ लाख रुपैयाँ कुल बीमशुल्क संकलन गरेको हो ।

प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफएकीकृत भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स कुल बीमाशुल्क संकलनको हिसाबले चौथौ ठूलो कम्पनी रहेको छ । सो कम्पनीले १३ अर्ब १२ करोड ९४ लाख र पाँचौं ठूलो बीमाशुल्क सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थाले ७ अर्ब ८६ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

समीक्षा अवधिमा सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले १ अर्ब ४२ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

जीवन बीमा कम्पनीहरुद्धारा जेठ मसान्तसम्म संकलन गरेको बीमाशुल्क यस्तो छः–

१. नेपाल लाइफ इन्स्योरेन्सः ३२ अर्ब ३६ करोड ६१ लाख ५ हजार रुपैयाँ

२. लाइफ नेपाल कर्पोरेशन (नेपाल) लिमिटेडः १५ अर्ब ४८ करोड ५१ लाख ५० हजार रुपैयाँ

३. नेशनल लाइफ इन्स्योरेन्सः १४ अर्ब ७ करोड ४ लाख २१ हजार रुपैयाँ

४. हिमालयन लाइफ इन्स्योरेन्सः १३ अर्ब १२ करोड ९४ लाख ११ हजार रुपैयाँ

५. राष्ट्रिय बीमा संस्थानः ७ अर्ब ८६ करोड ६४ लाख ९१ हजार रुपैयाँ

६. सूर्यज्योति लाइफ इन्स्योरेन्सः ७ अर्ब ४९ करोड ४३ लाख ७५ हजार रुपैयाँ

७. एशियन लाइफ इन्स्योरेन्सः ६ अर्ब ११ करोड १५ लाख रुपैयाँ

८. सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीः ४ अर्ब ८३ करोड ९४ लाख ३९ हजार रुपैयाँ

९. सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सः ४ अर्ब ८६ करोड ३९ लाख ५७ हजार रुपैयाँ

१०. मेट लाइफः ४ अर्ब ७७ करोड २९ लाख ६ हजार रुपैयाँ

११. आइएमई लाइफः ३ अर्ब ५६ करोड १६ लाख ९९ हजार रुपैयाँ

१२. सन् नेपाल लाइफः ३ अर्ब ४२ करोड ३० लाख २६ हजार रुपैयाँ

१३. रिलायबल नेपाल लाइफः ३ अर्ब २८ करोड ९२ लाख ९२ हजार रुपैयाँ

१४. प्रभु लाइफः १ अर्ब ८१ करोड १२ लाख ५८ हजार रुपैयाँ

१५. महालक्ष्मी लाइफः १ अर्ब ४२ करोड ८७ लाख ९१ हजार रुपैयाँ

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।