जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय विस्तार २३% खस्कियो, २६ अर्ब बीमाशुल्क संकलन

0
Shares

जीवन बीमा कम्पनीहरुको चालु आर्थिक वर्षको ११ महीना अवधिमा अघिल्लो आवको सोही अवधिको तुलनामा २३.३६ प्रतिशतले बीमा व्यवसाय खस्किएको छ । समग्र बीमाशुल्क ४.२४ प्रतिशतले बढेपनि नयाँ व्यवसाय भने घट्न पुगेको हो ।

जेठसम्म जीवन बीमा कम्पनीहरुले २५ अर्ब ९५ करोड १० लाख ५२ हजार रुपैयाँ बराबरको नयाँ जीवन बीमा व्यवसाय गरेका छन् । चालु आवको जेठसम्म संकलन गरेको कुल बीमाशुल्कमा प्रथम बीमाशुल्कको हिस्सा २०.८४ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा १ खर्ब २४ अर्ब ५४ करोड ३८ लाख २१ हजार रुपैयाँ कुल बीमाशुलक संकलन गरेकोमा नवीकरण बीमाशुल्कको हिस्सा ७९.१६ प्रतिशत अर्थात ९८ अर्ब ५९ करोड २७ लाख ६९ हजार रुपैयाँ छ ।

अघिल्लो आर्थिक वर्षको जेठसम्मको अवधिमा ३३ अर्ब ८५ करोड ९१ लाख २४ हजार रुपैयाँ बराबरको नयाँ व्यवसाय भएको थियो । समीक्षा अवधिमा ७ अर्ब ९० करोड ८० लाख ७२ हजार रुपैयाँ प्रथम बीमाशुलक संकलन गरेका थिए ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको ११ महिना अर्थात जेठ मसान्तसम्ममा सञ्चालनमा रहेका १५ जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै नेपाल लाइफको ५ अर्ब १३ करोड ६१ लाख ४३ हजार रुपैयाँ संकलन गरेको छ । समीक्षाा अवधिमा महालक्ष्मी लाइफले सबैभन्दा कम ४१ करोड ९९ लाख ६३ हजार रुपैयाँ संकलन गरेको छ ।

जेठ मसान्तसम्म कसले कति संकलन गरे प्रथम बीमाशुल्क ?

१. नेपाल लाइफ इन्स्योरेन्सः ५ अर्ब १३ करोड ६१ लाख ४३ हजार रुपैयाँ

२. नेशनल लाइफ इन्स्योरेन्सः ३ अर्ब २२ करोड ४७ लाख १ हजार रुपैयाँ

३. सूर्यज्योति लाइफः २ अर्ब २४ करोड ६९ लाख ११ हजार रुपैयाँ

४. लाइफ नेपाल कर्पोरेशन (नेपाल) लिमिटेडः २ अर्ब १ करोड ३ लाख रुपैयाँ

५. हिमालयन लाइफ इन्स्योरेन्सः १ अर्ब ९६ करोड १२ लाख ९३ हजार रुपैयाँ

६. सन् नेपाल लाइफः १ अर्ब ५७ करोड ९४ लाख ७८ हजार रुपैयाँ

७. सिटिजन लाइफः १ अर्ब ५७ करोड २६ लाख ४७ हजार रुपैयाँ

८. सानिमा रिलायन्स लाइफः १ अर्ब ५१ करोड ४६ लाख ५४ हजार रुपैयाँ

९. रिलायबल नेपाल लाइफः १ अर्ब २७ करोड ३२ लाख ४३ हजार रुपैयाँ

१०. एशियन लाइफः १ अर्ब २५ करोड १२ लाख ५३ हजार रुपैयाँ

११. आइएमई लाइफः १ अर्ब १८ करोड ८५ लाख ६२ हजार रुपैयाँ

१२. मेट लाइफः १ अर्ब ११ करोड ९१ लाख ९६ हजार रुपैयाँ

१३. राष्ट्रिय बीमा संस्थानः ८९ करोड ७१ लाख ५ हजार रुपैयाँ

१६. प्रभु लाइफः ५५ करोड ५६ लाख १३ हजार रुपैयाँ

१७. महालक्ष्मी लाइफः ४१ करोड ९९ लाख ६३ हजार रुपैयाँ

प्रथम बीमाशुल्क के हो ?

प्रथम बीमाशुल्क भनेको कम्पनीहरुले नयाँ ग्राहकहरुबाट संकलन गर्ने पहिलो प्रिमियम (एफपिआर) रकम हो । यसरी बीमा कम्पनीहरुले बिक्री गरेको सुरुवातको किस्ता वापत प्राप्त हुने रकम नै प्रथम बीमशुल्क हो ।

बीमा कम्पनीहरुमा ग्राहकले बीमालेख खरीद गर्दा सुरुमा पहिलो किस्ता वापतको प्रिमियम तिर्छन् भने थप प्रिमियम भने १ महिना ३ महिना, ६ महिना वा १ वर्षमा तिर्ने गरी खरीद गरेका हुन्छन् । बीमा कम्पनीहरुले दोस्रो वा सो भन्दा पछि संकलन गर्ने बीमाशुल्कलाई भने नबिकरण बीमाशुल्क भनिन्छ ।

यसरी पहिलो किस्ता (प्रथम बीमाशुल्क) वापत संकलन हुने प्रिमियम र नवीकरण बीमा वापत प्राप्त हुने प्रिमियम शुल्कलाई जीवन बीमा कम्पनीहरुको वित्तीय विवरणमा देखाउने तरिका फरक–फरक हुन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।