राजेश हार्डवेयर ग्रुपको गोयल इस्पातको वार्षिक आम्दानी साढे ६ अर्ब

0
Shares

राजेश हार्डवेयर ग्रुपको लगानी रहेको गोयल इस्पात प्रालिले सन् २०२२ मा ६ अर्ब ६९ करोड ६० लाख सञ्चालन आम्दानी गरेको छ ।  सन् २०२१ मा ५ अर्ब ५० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको सञ्चालन आम्दानी सन् २०२२ मा ३३.७८ प्रतिशतले बढेको हो ।

कम्पनीको सञ्चालन आम्दानीमा आकर्षक वृद्धि देखिएता पनि अन्य वित्तीय सूचांकमा गिरावट आएको छ । सन् २०२१ मा ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा कुल सञ्चालन आम्दानीको १४.७ प्रतिशत थियो भने सन् २०२२ मा उक्त नाफा कुल सञ्चालन आम्दानीको ८.६ प्रतिशत पुगेको छ ।

सन् २०१८ मा स्थापना भएको गोयल इस्पातले कालो पाइप, स्टील बिलेट, जसता पाताको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । कम्पनीमा राजेश हार्डवेयरको ४८ प्रतिशत, सिद्धार्थ हार्डवेयरको १० प्रतिशत, शकुन्तला देवी अग्रवाल, सुमन अग्रवाल र राज कुमार अग्रवालको ४२ प्रतिशत लगानी रहेको छ ।

नवलपरासीको रामग्राममा कम्पनीको उत्पादन युनिट रहेको छ । कम्पनीको स्टील बिलेट उत्पादन गर्न सकने क्षमता ७५ मेट्रिक टन रहेको छ । तथापि उत्पादन क्षमता अनुसारको उत्पादन हुन सकेको छैन ।

कम्पनीले ३ अर्ब ५० करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । ९० करोड बराबरको दीर्घकालीन कर्जाका लागि इक्रा नेपालले डबल बी माइन्स र २ अर्ब ६० करोड बराबरको अल्पकलाीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

कम्पनीले उपलब्ध गराएको वित्तीय विवरण अनुसार कम्पनीले लिएको ऋणको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको २.८ गुणा रहेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।