नेपालको व्यापार क्षेत्र सुदृढीकरणका लागि एडिबीको साढे ६ अर्ब ऋण सहयोग

0
Shares

एशियाली विकास बैंक (एडिबी)ले नेपालको व्यापार क्षेत्र सुदृढीकरणका लागि ६ अर्ब ५९ करोड नेपाली रुपैयाँ अर्थात् ५ करोड अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ ।

आन्तरिक तथा बाह्य व्यापार प्रवद्र्धनमा नेपाल सरकारले अघि सारेका नीतिगत सुधारको सफल अवलम्बन गर्नका लागि एडिबीले उक्त ऋण प्रदान गर्ने भएको हो।

आर्थिक वर्ष २०२२/२३ मा कुल ग्राहस्थ उत्पादनमा व्यापार तथा उद्योग क्षेत्रको १४.१ प्रतिशत योगदान रहेको थियो । कुल ग्राहस्थ उत्पादनमा उद्योग तथा व्यापारिक क्षेत्रको योगदान बढाउनका लागि कच्चा पदार्थको उत्पादन वृद्धि र निर्यात आयात प्रक्रियामा थप सुधार ल्याउनु आवश्यक छ ।

एडिबीले नेपालको भन्सार क्षेत्रको सबलीकरण, यातायातको पहुँच तथा ट्रान्जिटको व्यवस्था तथा क्रस–बोर्डर व्यापारका लागि पेमेन्ट र सुरक्षाका संयन्त्र विकासका लागि सो ऋण दिन लागेको हो।

व्यापार र उद्योग क्षेत्रको विकासले व्यापारमा प्रतिस्पर्धा बढाउनुका साथै देशलाई दिगो आर्थिक वृद्धितर्फ डो¥याउन मद्दत गर्ने एडिबी दक्षिण एसिया विभागका क्षेत्रीय सहयोग तथा सञ्चालन समन्वय निर्देशक थियाम ही एनजीले बताए ।

यस परियोजना मार्फत भन्सार कार्यालयहरुमा विद्युतीय भुक्तानी प्रणालीको विकासले भन्सार क्लियरेन्समा सहजता ल्याउनुका साथै विद्युतीय माध्यम मार्फत भन्सार महसुलको विद्युतीय भुक्तानी प्रवद्र्धन गर्नेछ । जसले नेपालका प्रमुख आर्थिक साझेदार भारत र बंगलादेशसँग व्यापार सहजताका लागि पूर्वाधार निर्माणमा सहयोग पुग्नेछ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।