आईएमई लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


आईएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेको आइपीओमा आजसम्म मात्र आवेदन दिन सकिने छ ।

इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिसेयर कुल २३६ रुपैयाँ ९१ पैसामा सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागी निष्काशन गरेको हो ।

इन्स्योरेन्सले जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन गरेको थियो । जसमा १० प्रतिशतले हुन आउने १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि असार १ गतेदेखि निष्काशन गरेको हो ।

त्यसैगरी, निष्काशन गरिने कुल सेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो सेयर खाता मार्फत आवेदन दिन सक्नेछन् ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा २० हजार ३५१ वटा आवेदन मार्फत ३९ करोड ७१ लाख ६३ हजार ३१ रुपैयाँ बराबरको १६ लाख ७६ हजार ४३० कित्ता सेयरको खरिद माग परेको छ ।

आइपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । नेपालको प्रतिष्ठित र अग्रणी व्यावसायिक समूह आइएमई ग्रुपद्वारा प्रवर्द्धिधत विभिन्न कम्पनीहरू मध्ये आईएमई लाइफ इन्स्योरेन्स कम्पनी पनि एक हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।