आइएमई लाइफ इन्स्योरेन्सको आईपीओमा १९ लाख १० हजार कित्ता माग

आइएमई लाइफ इन्स्योरेन्सको आईपीओमा १९ लाख १० हजार कित्ता माग

आइएमई लाइफ इन्स्योरेन्सको आईपीओमा १९ लाख ९ हजार ९९० कित्ता सेयरको माग परेको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आईपीओमा १२ लाख कित्ता सेयरको माग गरिएकोमा त्यसको १.५९ गुणा बढी माग परेको हो ।

सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिन आज (असार १५ गते) शुक्रबार २ बजेसम्ममा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट २२ हजार ८७२ वटा आवेदन परेको छ । उल्लेखित संख्याबाट प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसाका दरले ४५ करोड २४ लाख ९५ हजार ७३१ कित्ता सेयरको माग परेको हो ।

आइएमई लाइफले असार १ गतेदेखि प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइने व्यवस्था थियो । अन्तिम दिनसम्म परेको तथ्याङ्कलाई आधार मान्दा कम्पनीको आईपीओ न्यूनतम ६० कित्तासम्म माग गर्नेले माग अनुसार कै सेयर पाउने आंकलन गर्न सकिन्छ ।

रेटिङ एजेन्सी केयर नेपालले आइएमई लाइफ इन्स्इँेरेन्सको आइपीओलाई ‘केयर एनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबँधक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार १५ : २५ बजे