आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्कालाई एक वर्ष तीन महिना कैद

0
Shares

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर गर्दै विशेष अदालतले एक वर्ष तीन महिना कैद सजाय र १८ करोड रुपैयाँ विगो भराउने आदेश गरेको हो । 

विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषि ठहर गर्दै उनलाई शुक्रबार सजाय सुनाएको हो। विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले खड्काको नाममा रहेको घरजग्गा, बैंक मौज्दात, सेयरलगायतका सम्पत्ति जफत हुने आदेश गरेको छ।

गोपालसँगै उनकी श्रीमती शर्मिला खड्कालाई समेत प्रतिवादी बनाइएकोमा शर्मिलाका नाममा रहेको कित्ता नं. १५२२ र १४२३ मा रहेको घरसमेत जफत हुने भएको छ।

यसै मुद्दाकी अर्की प्रतिवादी अमिता लामा सोदेम्बाको नाममा रहेको जग्गासहितका सम्पत्ति र सिजी डेभलपर्स प्रालिकोे सम्पत्ति पनि जफत हुने फैसला भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७८ मा खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।