समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको असार ५ गते मंगबलार बसेको सञ्चालक समितिको ९८ औं बैठकले आर्थिक वर्ष २०७८–७९ को वार्षिक वित्तीय विवरण पारित गरि चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको संवेदनशील सूचना कम्पनीले निर्णय भएको करिब दुई हप्तापछि मात्र सार्वजनिक जानकारीमा ल्याएको हो ।
हाल लघुवित्तको विद्यमान चुक्ता पुँजी २ करोड रुपैयाँको बोनस सेयर बापत १४.२५ प्रतिशतले हुन आउने २८ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनको लागी ०.७५ प्रतिशतले हुन आउने रकम १ लाख ५० हजार नगद लाभांश गरी कुल ३० लाख रुपैयाँ सेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको हो । उक्त बैठकले नेपाल राष्ट्र बैंकसँग स्वीकृति माग गर्ने र स्वीकृति पश्चात आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत किशोर महतोले जानकारी दिए ।
स्वस्तिक लघुवित्त वित्तीय संस्थाबीच २०७७ असोज ५ गते मर्जर सम्झौता भएको समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सम्पत्ति त्यस यता बन्धक कै अवस्थामा रहेको छ । स्वस्तिक लघुवित्तसँग मर्जर भाँडिएपनि सेयर कारोबार भने सुरु हुन सकेको छैन । प्रारम्भिक मर्जर सम्झौताको तीन वर्ष पुग्न लाग्दा पनि सेयर कारोबार सुचारु नभएपछि सेयरधनीले मर्कामा परेका छन् ।
कम्पनीले २०७७ भदौ ४ गतेबाट ८ गतेसम्म सर्वसाधारणमा साधारण सेयर जारी गरेको थियो । सोही महिनाको १५ गते कम्पनीले साधारण सेयर बाँडफाँड गरेको भएपनि नेप्सेमा कारोबार भने भएको छैन।
प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयर वितरणपछि २ करोड २८ लाख ५० हजार लघुवित्तको चुक्ता पुँजी पुग्ने छ। हाल कम्पनीको २ लाख कित्ता सेयर मात्र छ। सो सेयर मध्ये १ लाख १४ हजार कित्ता सेयर संस्थापकको छ भने बाँकी ८६ कित्ता मात्र सर्वसाधरणको रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
