लघुवित्त सुपरिवेक्षण विभागमा पनि गुनासो सुनुवाई डेस्क

0
Shares

नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाई डेस्कको स्थापना भएको छ । केन्द्रीय बैंकले लघुवित्तका बचतकर्ता तथा ऋणीका समस्या समाधानका लागि सुनुवाई डेस्कको स्थापना गरेको हो ।

पछिल्लो समयमा लघुवित्तका ऋणीले ऋण नतिर्ने समस्या जटिल बन्दै आएको छ । ऋणीले ऋण नतिरेपछि बचकर्ताको पैसा समेत समस्यामा परेपछि केन्द्रीय बैंकले समस्याको समाधान गर्ने उद्देश्य सुनुवाई डेस्क स्थापना गरेको हो । केन्द्रीय बैंकले लघुवित्त क्षेत्रको पछिल्लो अवस्था के छ भनेर स्वतन्त्र अध्ययन गरिरहेको छ ।

राष्ट्र बैंकले लघुवित्तका बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यहरुको लघुवित्त सेवा सम्बन्धी गुनासो सम्बोधन गर्न गुनासो सुनुवाई डेस्क स्थापना गरेको जनाएको छ ।

उक्त डेस्मा गुनासो दर्ता गर्नका लागि टोल फ्रि नम्बरमा सम्पर्क गरेर वा बैंकको अनलाईन गुनासो पोर्टलवाट वा इमेलबाट समेत गुनासो दर्ता गराउन सकिने छ । साथै राष्ट्र बैंकको जुनसुकै कार्यालयमा निवेदन दर्ता गर्न सकिने व्यवथा समेत गरेको केन्द्रीय बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।