रिलायन्स फाइनान्सको सेयरमूल्य समायोजन

0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । फाइनान्सले प्रस्ताव गरेको चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस पछि सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले फाइनान्सको प्रस्तावित बोनस सेयर समायोजनपछि प्रतिकित्ता ३५४ रुपैयाँ ५५ पैसा तोकेको छ । मंगलबार कारोबार भएको अन्तिम मूल्य ३७७ रुपैयाँ ६० पैसालाई आधार मानेर नेप्सेले मूल्य समायोजन गरेको हो ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फाइनान्स कम्पनीले असार २० गते सेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गरेको हो । यसअनुसार असार १९ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरवार ब्याक्वेटमा असार ३१ गते बिहान ११ बजे साधारण सभा आह्वान गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।